२८ भदौ २०८३, आइतबार 1789322769
Banner

मुकुल ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही गर्ने तयारी गरेको छ।

उनलाई पार्टीबाट तत्काल बर्खास्त नगर्ने तर सामान्य कुनै जिम्मेवारीमा हेरफेर गर्ने गरी कारबाही हुनसक्ने केन्द्रीय समितिको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘हाम्रो पार्टीमा सबैको विचार समान हुँदैन् । कसैले अलि आक्रमक विचार राख्दैमा पार्टीले बर्खास्त गर्ने र पार्टी पार्टीबाट नै निकाल्ने हुँदैन’ बैठकमा सहभागी एक नेताले भने, ‘सामान्य खालको केही कारबाही गर्न गर्नेसम्म हुनसक्छ ।’

महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए। तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाइरहेका छन्।