३ कार्तिक २०८१, शनिबार 1729325272
Banner

राजिनामा दिन कस्सिएर गएका रास्वपाका मन्त्री राजीनामा नदिई फर्किए

काठमाडौं । राजीनामा दिन पुगेका रास्वपा मन्त्रीहरु राजीनामा नदिइ बालुवाटारबाट फिर्ता भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै राजीनामा नदिन आग्रह गरेपछि फिर्ता भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी गराए । बिहान करिब दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेपछि राजीनामा दिन पुगेको रास्वपाको टोली राजीनामा नदिई फर्किएको हो । रास्वपाका मन्त्रीहरुसँग प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने बताएका छन् । उनले सहयोग गर्न भनेपछि राजीनामा नदिई फर्किएको हो । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समिकरण भएसँगै यता प्रचण्ड सरकार संकटमा परेको छ ।

एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाइ सकेका छन् ।