२८ भदौ २०८३, आइतबार 1789332261
अर्थ

नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरबीच सम्झौता


काठमाडौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

असार १८ गते काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहबीच भएको सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका थिए ।

नयाँ सम्झौता अनुसार काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकरकर्मचारीहरूले नेपाल बैंक लिमिटेडका सबै शाखाबाट छुटसहित आकर्षक बैंकिङ सेवा सुविधासहित तलबी बचत खाता खोल्न पाउनेछन् । जस अनुसार उनीहरुले नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्ने बताइएको छ ।