३१ भाद्र २०८१, सोमबार 1726538459
Banner

अशोक राईको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी अध्यक्ष एवम संसदीय दलका नेता राईले प्रधानमन्त्री प्रचण्डलाई पत्राचार गर्दै आफ्नो दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि नै लागू हुनेगरी फिर्ता लिएको जानकारी गराउनुभएकाे हाे   ।

साथै जसपाले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पनि पत्राचार गर्दै आफ्नो दलले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको र वर्तमान सरकारको प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी गराइसकेको पार्टीका महासचिव मोहम्मत इस्तियाक राईले जानकारी दिनुभयाे ।