९ भदौ २०८३, मंगलबार 1787664625
Banner

क्यानले यो वर्ष नेपाल प्रिमियर लिग आयोजना गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आउँदो नोभेम्बर–डिसेम्बरमा प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगिताको मिति भने तय भइसकेको छैन ।

क्यानको बैठकले टीयु क्रिकेट मैदानको पिचको पुनः निर्माण गरी स्तरोन्नति गर्ने, हाल सञ्चालनमा रहेको जिम हललाई व्यवस्थित गर्न विस्तार गरी जिम हलमा प्रयोग हुने आवश्यक उपकरण थप गर्ने तथा उक्त खेल मैदानलाई विस्तार एवं व्यवस्थित गर्न फेन्सिङ सारी ढलको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।