४ आश्विन २०८१, शुक्रबार 1726813533
Banner

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । आज बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ । साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल हुने एमालले जनाएको छ ।

नेकपा एमालले माओवादीसँग गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता पनि लिइसकेको छ । नयाँ सत्ताका लागि समिकरण भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।