३१ भाद्र २०८१, सोमबार 1726537318
Banner

नारायणी नदिमा पानीको सतह बढेपछि खतराकाे संकेत

नवलपुर- नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ । बाढीको सतह निरन्तर बढेकाले यहाँ खतराको संकेत पुग्ने अनुमान गरिएको हाे ।

नारायणी नदी स्थित देवघाटमा पानीको वहाव ८ दशमलव ९ मिटर पुगेको छ । देवघाट स्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटर सम्मको पानीको बहावलाई चेतावनी संकेत र ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ ।

पानीको बहाव खतराको संकेत पुगेपछि वस्तीमा बाढी पस्ने खतरा हुन्छ । मध्य पहाडी क्षेत्रमा भारी वर्षाका कारण नारायणी नदी लगायत चितवन तथा नवलपुरका सहायक नदीमा समेत खोला बढेका छन् । नवलपुर तथा चितवन प्रशासनसँगै गैँडाकोट नगरपालिका, भरतपुर महानगरपालिकाहरुले नदी किनारका आसपासमा रहने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।