३ भदौ २०८३, बुधबार 1787152829
समाचार

गाइवस्तुका लागि पकाएको कुँढो (खोले) मा परेर एक बालिकाको मृत्यु

तनहुँ । तनहुँमा गाइवस्तुका लागि पकाएको कुँढो (खोले) मा परेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भानु नगरपालिका–१२ रतनपुरकी दुई वर्षीया आरोही घर्ती रहेकी छन्।

आफ्नै घरमा पकाइरहेको तातो कुँढोमा परेकी उनलाई उद्धार गरेर उपचारका लागि लगिए पनि सफल हुन नसकेको प्रहरी निरीक्षक युवराज खड्काले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घर्तीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो।