३ आश्विन २०८१, बिहिबार 1726804586
Banner

पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए

सुनसरी- सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

पहाडी तथा पूर्वका जिल्लामा भएको अविरल वर्षाका कारण सप्तकोशी नदीमा बढेको पानीको बहाव अनुगमन तथा निरीक्षण गर्दै सुरक्षाकर्मी । तस्बिरः अजितकुमार झा/रासस

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।