४ आश्विन २०८१, शुक्रबार 1726856491
Banner

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

विराटनगर । अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ ।

भारतको नियन्त्रणमा रहेको पलुमा ५६ वटा ढोका छन् । आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलेको हो ।

वर्षाका कारण सप्तरीको हनुमाननगरको कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा देखिएको पानीको बहाव । आज बिहान पानीको बहाव अत्याधिक बढेपछि अहिले कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ । तस्बिरः अरुणकुमार यादव/रासस

यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीको बहाव मापन भएको छ ।

सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।