४ आश्विन २०८१, शुक्रबार 1726863424
Banner

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने उक्त सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत जेठ २५ गते एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।