३ आश्विन २०८१, बिहिबार 1726802064
Banner

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रे- अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित ५० किलो क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । गएराति ९ बजेतिरबाट सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो करिब सय मिटर जति भएकेाले अबरुद्ध सडक खुल्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने काम भने सुरु भएको छ ।