४ आश्विन २०८१, शुक्रबार 1726821893
Banner

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ । कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले २०८१ साललाई सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियानको रुपमा चलाउने यसअघि नै निर्णय गरिसकेको छ ।