४ आश्विन २०८१, शुक्रबार 1726838590
Banner

रास्वपा महामन्त्री ढकाल बर्खास्त, साधारण सदस्यमात्र रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।  

पार्टीको जारी केन्द्रीय समिति बैठकले ढकालको  महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि खोसेको हो ।  

 अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । मुकुल यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए । उनलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यमात्रै राख्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए ।