४ आश्विन २०८१, शुक्रबार 1726831735
Banner

एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।

‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११.०० बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गरिएको बताइएको छ । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।