६ कार्तिक २०८१, मंगलबार 1729609480
Banner

प्रकाशमान सिंहको नेतृत्वमा काँग्रेस सरकारमा सहभागि हुँर्दै, आरजु परराष्ट्र, लेखक गृह, अरु को को मन्त्री बन्दै ?

काठमाडौं । संसदका मुख्य दुई दल कांग्रेस र एमालेबीच सहमति भएअनुसार असार ३० गते आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् । हरेक दिनजसो कांग्रेस र एमालेले सरकारमा मन्त्रीहुनेहरु बारे छलफल गरिरहेको छ । दुई दलबीच प्रधानमन्त्री हुने दलले १० वटा मन्त्रालय र अर्को दलले ११ वटा मन्त्रालय लिने सहमति भएको छ ।

एमालेले अर्थ, सञ्चार, भौतिक योजना, कानुन, भूमिसुधार, महिला बालबालिका र रक्षा लगायतका मन्त्रालय लिने टुंगो लागेको बताइएको छ । कांग्रेसले गृह, परराष्ट्र, शहरी विकास, सामान्य प्रशासन श्रम तथा रोजगार लगायतका मन्त्रालय टुंगो लागेको देउवा निकट एक केन्द्रीय सदस्यले सूचना प्रेसलाई बताएका छन् । कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागि हुने बुझिएको छ । देउवाले पत्नी आरजुलाई परराष्ट्रमन्त्री र रमेश लेखकलाई गृह बनाउने कुराको टुंगो भईसकेको ती केन्द्रीय सदस्यले बताएका छन् ।

यता एमालेबाट भने अहिले सम्म मन्त्रि बन्ने चर्चामा विष्णु पौडेल, छविलाल बिश्वकर्मा, ऋषिकेश पोखरेल, जुली महत्तो, महेश बर्तौला लगायतको नाम छ । यद्यपी काँग्रेस- एमालेले आधिकारीक नाम भने सार्वजनिक गरिसकेको छैन ।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको नपाउने निश्चित भएपछि ओलीको नेतृत्वमा नयाँ सरकार गठन प्रकृया अघि बढने छ ।