वीरगन्ज- वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच वडा तहसम्म नै चुनावी तालमेल हुने भएको छ।
वीरगन्ज नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी भएको सहमति पत्रमा दुवै दलका जिल्ला अध्यक्षले हस्ताक्षर गर्नुभएको छ ।
आगामी वैशाख ३० गते हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्नुभएको छ । उपमेयरमा लोसपाले टुङ्गो लगाइसकेको छैन। एमालेका उम्मेदवार सरावगीका अनुसार वडासम्मै तालमेल गर्ने सहमति भइसकेको छ।
सरावगी वर्तमान मेयर हुनुहुन्छ । उहाँ हालै एमालेमा प्रवेश गर्नुभएको थियो ।
बुधबार सत्ता गठबन्धनले वीरगन्जको मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसलाई दिने सहमति गरेको छ। योसँगै वीरगन्जमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ।