२८ भदौ २०८३, आइतबार 1789279316
Banner

डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्छु: प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वर्षदेखि जारी डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने बताउनु भएको छ।बुधबार बिहान डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँग भेट्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लाइन काटिएकाहरूमा कतिपय निर्यातमूलक उद्योगीहरू पनि छन्। उहाँहरूको उत्पादन बन्द भएको छ। अर्डर क्यान्सिल हुने अवस्थामा छ भन्ने मलाई जानकारी छ। समस्या समाधान हुनुपर्छ, त्यो चाँडै गर्ने छु।’

आयोगले ०७२ माघअघि र ०७५ वैशाख पछिको डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल लिन नमिल्ने र त्यसबीचको भने विद्युत् प्रयोगको दिन र अवधि यकिन गरेर नयाँ गणना गरी लिन मिल्ने सिफारिस गरेको थियो ।