१९ असार २०८३, शुक्रबार 1783088940
Banner

सत्तापक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त हुनुभएको छ।

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई आज उक्त जिम्मेवारी दिनुभएको हो  । बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसक्नुभएको छ। 

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुनेगरी मनोनयन गरेको हो । मुख्य सचेतकलाई सत्तारुढ दलबाट   नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतककोसमेत नेतृत्व गर्ने व्यवस्था छ ।