२३ भाद्र २०८१, आइतबार 1725777809
विश्व

विद्यार्थी हत्याका अपराधीहरूलाई न्यायको कठघरामा ल्याईने : शेख हसिना

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बुधबार निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा ६ जनाको हत्याका लागि जिम्मेवार व्यक्तिलाई सजाय दिने प्रतिक्रिया दिएकी छिन्।

प्रधानमन्त्री हसिनाले हत्याको निन्दा गर्दै अपराधीहरूलाई न्यायको कठघरामा ल्याउने बताइन्। ‘म हरेक हत्याको निन्दा गर्छु’ उनले बुधबार साँझराष्ट्रको नाममा सम्बोधन गर्दै भनिन्, हत्या, लुटपाट र हिंसा गर्नेहरू जोसुकै भए पनि म उनीहरूलाई उचित सजाय सुनिश्चित गर्नेछु।’

प्रतिद्वन्द्वी विद्यार्थी समूहहरूले एक आपसम इँटा र बाँसको लट्ठीले आक्रमण गर्दा मंगलबार मुलुकभर भएका झडपमा ६ जनाको मृत्यु भएको थियो। साथै प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरी जुलुसलाई तितरबितर गरेको थियो।

यो महिना सार्वजनिक क्षेत्रको नोकरीमा आरक्षणविरुद्ध प्रदर्शन शुरू भएपछि हिंसाको सबैभन्दा नराम्रो दिनमा हसिनाको सरकारले अर्को सूचना नभएसम्म विद्यालय र विश्वविद्यालय बन्द गर्न भनेको छ।