५ भदौ २०८३, शुक्रबार 1787301930
Banner

रातिको पानीले डुब्यो बालेन शाहको कार्यालय

काठमाडौँ-भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृह  जलमग्न भएको छ। बिहीबार बिहान परेको पानी निकास हुन नसक्दा सभा गृह क्षेत्र जलमग्न भएको जनाएको छ।

उक्त क्षेत्रको निर्माणका क्रममा प्राविधिकहरूले पानीको निकास हुने क्षेत्रमा कमजोरी गरेपछि यहाँ बर्सादको समयमा सास्ती खेप्नुपरेको छ। तत्काल मोटरको सहायताले पानी बाहिर फाल्न सुरु गरिएको काठमाडौँ महानगरको कार्यालयले जनाएको छ । 

राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुखको कार्यालय रहेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफएम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुबानमा परेको हो ।