२७ भदौ २०८३, शनिबार 1789257851
अर्थ

आइएमई लाइफले पायो केयर–एनपी ट्रिपल बि प्लस रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटि· प्राप्त गरेको छ। रेटि· एजेन्सी केयर नेपालका अनुसार उक्त रेटि·ले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउंदछ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटि·ले थप पुष्टि गर्छ। रेटि· एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटि· गरेको थियो।

आ.व. २०८०/०८१ को अवधिमा आई।एम।ई। लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटि· परिमार्जन भएको बताईएको छ । कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ।