काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा रोजगारी सिर्जना गर्ने ठाउँहरु प्रशस्त भएको बताएका छन् । बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताएका हुन् ।
उनले १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्न लागेको पनि जानकारी दिए । त्यस्तै केही दिनपछि बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने जानकारी दिए।
मन्त्री खड्काले इन्जिनियरहरु कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा ध्यानाकर्षण गराए । उनले इन्जिनियरहरुलाई द्विपक्षिय अथवा त्रिपक्षिय सम्झौता गरेर काम गर्न सुझाव दिए ।