३ आश्विन २०८१, बिहिबार 1726810966
Banner

आगामी निर्वाचनमा माओवादीलाई काँग्रेस एमालेले साथ लिदैनन् : ईश्वर पोखरेल

दोहा -नेकपा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीसँग गठबन्धन नगर्ने सर्तमा कांग्रेस एमाले सरकार बनेको बताउनुभयो ।

शुक्रबार दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले त्यस्तो खुलासा गर्नु भएको हो । प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको सरकार ढलेको उहाँले बताउनुभयो । पोखरेलले प्रचण्डकै बेइमानीले बाम सरकार ढलेको बताउनुभयो । पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यावस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्नेमा जोड दिनुभयो । ।

पोखरेलले राजनितीक स्थायीत्वको लागी कांग्रेस एमाले सरकार बनेको बताउनुभयो । २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्त दलहरुले नयाँ सरकार गठन गरेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले मधेसका पार्टी विगतदेखी आफै पद लोलुपताले फुटेको बताउनुभयो ।