३ आश्विन २०८१, बिहिबार 1726802276
Banner

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। राप्रपाको शनिबार बसेको निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

सरकारको गतिविधि हेर्दा विश्वासको मतको विपक्षमा मत दिन उपयुक्त रहेको राप्रपाको ठहर छ। ुराप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेण्डासहित मूलतः नेपाली काग्रेस र नेकपा (एमाले)ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिकरूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चातका सम्पूर्ण गतिविधिहरूको विश्लेषण गर्दा, राप्रपाले आइतबार संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ, राप्रपाले विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन्। नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बनेका ओलीले आइतबार विश्वासको मत लिन लागेका हुन्। ओली नेतृत्वको सरकारमा कांग्रेससहित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।