३ आश्विन २०८१, बिहिबार 1726810883
Banner

उपसभामुखको विवादले संसदमा चर्काचर्की, कांग्रेसले माग्यो राजीनामा

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखको इन्दिरा राना मगरको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले राजीनामा मागेका हुन् । उनले उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने बताए । काठमाडौं, ६ असार । उपसभामुख इन्दिरा रानाले भिसाका लागि अमेरिकी राजदूतावासलाई लेखेको पत्र सम्बन्धि विवाद संसद्मा प्रवेश गरेको छ ।

संसद्सँग कुनै साइनो नभएका मान्छेलाई उपसभामुखले मानव तस्करीका लागि भिसा सहजीकरणका गर्ने कोशिस गरेको उनको आरोप छ । नेता खतिवडाले यस्तो अवस्थामा अब उपसभामुख रानाले संसद्को कमाण्ड गर्न नसुहाउने उनको तर्क छ । उपसभामुखलाई कुनै पनि विदेशी राष्ट्रबाट निमन्त्रणा आए भिसाका लागि आफ्नै प्रक्रिया रहेको बताउँदै उनले कसैले चिन्दैनचिनेका मान्छेको सिफारिस भएको बताए ।

‘यस्तो बेलामा प्रतिरक्षाको तुरुप देखाएर जग हँसाउनुभन्दा संसद्भन्दा बाहिर बसेर छानविनमा सहयोग गर्नुपर्छ । भिसा सहजीकरणको कन्सल्टेन्सी संसद र उपसभामुखको कार्यालय हुन सक्दैन । यो कन्सल्टेन्सीजस्तो नबनाइयोस्,’– उनले भने । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखको संसदमा प्रतिरक्षा गरेकी छन् । उनले मिडिया ट्रायल गरेर त्यागी उपसभामुखको चरित्रहत्या गर्न खोजिएको आरोप लगाइन् ।

आज संसद वैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा छानविन गर्न माग गरेका थिए । उनले उपसभामुख मानव तस्करीमा संलग्न रहेको आरोपसमेत लगाएका छन् । रास्वपा सांसद श्रेष्ठले भने पद्दति बसाउने भएर सबैलाई लागू हुनुपर्ने, नत्र कसैको चरित्रहत्या गर्न नपाइने बताइन् ।