३१ भाद्र २०८१, सोमबार 1726530917
Banner

प्रधानमन्त्री ओलीसँग पहिलो सवाल जवाफ आज हुँर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज हुँदै छ । जसका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो । नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ ।

आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।