३१ भाद्र २०८१, सोमबार 1726535358
अर्थ

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा साढे ९ करोड लगानी गर्ने

काठमाडौं । प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाख रुपैयाँ लगानी सम्झौता गरेको छ । सम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुध उत्पादनमा मुलुककै शीर्ष स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यमा सहयोग पुर्याउने भएको छ । प्राप्त लगानीले इलामको फिक्कलमा नयाँ अत्याधुनिक चिज कारखाना निर्माण गर्ने लक्ष्य लिएको छ ।

एनआईबिएल इक्विटी पार्टनर्स एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो । डेलिस ब्राण्डको ग्रिक दहीले नबिनताको पहिचान दिनुका साथै पञ्चमीले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको दाबी उद्योगको छ ।

यसैगरी थप लगानीले चितवनमा रहेको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीहरूको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनहरूको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै दैनिक १० हजार लिटर क्षमतालाई वृद्धि गर्न भएको छ । घरेलु पूँजी बजारमा थप सकरात्मक प्रभाव पार्न उद्योगले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवान्तबहादुर पाँडेले डेलिस डेरिजमा भएको लगानीले उपभोक्ताहरूलाई फाइदा पुर्याउनुका साथै रोजगारी सिर्जना गर्ने बताए ।

सो अवसरमा डेलिस डेरिजका सह–संस्थापक सिइओ सन्दीप पौडेलले साझेदारीबाट नेपालको अग्रणी दुग्ध उत्पादनमा थप बलियो बनाउने बताए । स्वदेशमा उत्पादित विभिन्न प्रकारका चिज र उच्च गुणस्तरका दुग्ध उत्पादनसहित डेलिसलाई एउटा प्रख्यात ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।