३१ भाद्र २०८१, सोमबार 1726537932
अर्थ

भौतिकमन्त्री दाहाल र भारतीय राजदूत श्रीवास्‍तवबीच भेटवार्ता

काठमाडौं–नेपालका लागि भारतीय राजदूत नविन श्री वास्तवले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नुभएको छ। राजदूत श्रीवास्तवले मन्त्रालयमा पुगि मन्त्रीदाहालसँग भेट गर्नुभएको हो।

मन्त्रालयमा राजदूत श्रीवास्तवलाई स्वागत गर्दै मन्त्री दाहालले नेपाल-भारतको सम्वन्ध प्राचिन र प्रगाढ रहेको बताउनु भयो।  भेटमा उहाँले शान्ति, समृद्धी र विकासका लागि दुई देशको सहकार्य आगामी दिनमा थप प्रगाढ बन्ने विश्वास समेत व्यक्त गर्नुभयो। यस्तै मन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेश्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो।

त्यस क्रममा भारतीय राजदूत श्रीवास्तवले आर्थिक विकासका लागि पूर्वाधार निर्माण जरुरी भएकोले मन्त्री दाहालको कार्यकाल सफल रहने विश्वास व्यक्त गर्नुभयो। विकासका विभिन्न आयाममा दुवै देश विच सहकार्य रहँदै आएको उल्लेख गर्दै उहाँले यसले निरन्तरता पाउने समेत बताउनुभयो। राजदूत श्रीवास्तवले नेपाल भारत रेल मार्ग निर्माण र विस्तार दुवै देशका लागि जरुरी रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार रहेको पनि उल्लेख गर्नु भयो।

जनकपुर–अयोध्या बस सेवा सञ्चालनको शुरुवात विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुवात गरेको स्मरण गर्दै उहाँले रेल सेवा सञ्चालनले दुवै देशको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुर्याउने बताउनुभयो।

राजदूत श्रीवास्तवलाई मन्त्री दाहाल सहित मन्त्रालय सचिव गोपालप्रसाद सिग्देल, मन्त्री दाहालका सल्लाहकार हर्कराज राई लगायतले स्वागत गर्नु भएको थियो।