३१ भाद्र २०८१, सोमबार 1726536399
Banner

प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको विमान दुर्घटना स्थलमा

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटना स्थलको पुग्नुभएको छ।

प्रधानमन्त्री ओली विमान दुर्घटना स्थलको निरीक्षणको लागि साेही स्थानमा पुग्नुभएको हो।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम पुगेर प्रधानमन्त्री ओलीले घटनास्थलको निरीक्षण गर्नुभएको हो।

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ,’ दुर्घटना स्थलको निरीक्षणपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ। यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।’

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीकाअनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो।

मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ। उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेर दुर्घटनामा परेको हो।

मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेर दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, आरिफ रेडा, को पाइलट एस कटुवाल रहेका छन्।