२३ भाद्र २०८१, आइतबार 1725777662
फिचर

सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार दुर्घटनाले एउटा  दुखद बियोगान्त छोडेर  गयो ।

एकै परिवारका आमा बाबु र छोरा यस दुर्घटनामा परे। उनीहरुको एउटा सुन्दर परिवार (बाबु, आमा, र छोरा)   मृत्युले खोसेको छ।  त्यो मृत्युले  बांचेका आफन्तहरुलाई सधै बिझ्ने गरी पीडा छोडेर गएको छ। 

जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको  छ  । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने नाबालक अधिराज उनीहरुका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाका  ज्वाइँ मनुराज प्राविधिक भएको बताइएको छ। ।बुबा प्रकाश खतिवडा भने  लामो समय सप्तरीलाई आधार बनाएर पत्रकारिता गर्नुभएको थियो। पछि सबै परिवार काठमाडौँ नै बस्दै आएको बताएको छ। 

निधन भएका शर्मा प्राविधिक भएको बताएपनि सौर्य एयरलाइन्सकै कर्मचारी भए–नभएको खुलेको छैन । तर, सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ ।

परिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ ।