३ आश्विन २०८१, बिहिबार 1726730094
Banner

पाइलट मनीष शाक्यको शल्यक्रिया सुरु

काठमाडौँ, साउन ९ गते। सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन  मनीष शाक्यको शल्यक्रिया सुरु भएको छ। 

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा मेरुदण्डको अपरेसनका लागि शल्यक्रिया कक्षमा लगिएको अस्पतालका निर्देशन डा.सुमन श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “उहाँको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। आँखा माथि चोट लागेको छ । अहिले उहाँलाई  शल्यक्रिया कक्षमा घाउँमा टाँका लगाउँर्दै छौँ।” ७२ घण्टा न्युरो वार्डमा निगरानीमा राख्ने हेर्ने उहाँले जानकारी दिनुभयो। क्याप्टेन शाक्यको ढाँडको शल्यक्रिया भने केही दिनपछि मात्र गर्ने योजना रहेको उहाँले बताउनुभयो।