२ कार्तिक २०८१, शुक्रबार 1729248057
Banner

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

काठमाडौं । लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त भएकी छन् । कायम मुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् ।

उनी ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछिन् ।