३ आश्विन २०८१, बिहिबार 1726802971
Banner

मन्त्रालयका सचिवहरुसँग सामुहिक ब्रिफिङ लिंदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको  बृफिङ सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले यसबारेमा  आफ्नो फेसबुक स्ट्याटसमा लेख्नु भएको छ –अहिले हाम्रा मन्त्रालयहरूले गर्दै आएका कामको अवस्था के छ, के के काम रोकिएका छन् र के कारणले रोकिएका छन् ? नागरिकलाई सेवा प्रवाहमा र विकास निर्माणमा तत्काल गर्न सकिने कामका विषयमा सबै मन्त्रालयका सचिवज्यूहरुसँग अहिले छलफल गरिरहेको छु।