२७ जेष्ठ २०८३, बुधबार 1781086985
Banner

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ ।

उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

“२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” गृहले जारी गरेको सूचनामा भनिएको छ ।