३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:07 am
Banner

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सूचना प्रेस २०८१ श्रावण १८ शुक्रबार ००:००, १८:३१ बजे १ मिनेट पढाइ

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्बोधन गर्दे पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रदेश सभामा बोल्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को माग बमोजिम मार्ग प्रशस्त गरेको बताउनुभयो।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मतको लागि प्रस्ताव पेस गर्ने अनुमति लिएको भए पनि प्रस्ताव नगरेको बताउँदै बैठक स्थगित गर्नुभएको छ।

आजै प्रदेश प्रमुख नाजिर मियालाई राजीनामा बुझाउने हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का दलका नेता सोडारी एमाले, माओवादी र नागरिक उन्मुक्तिको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।