४ आश्विन २०८१, शुक्रबार 1726863217
Banner

अटोमा सवार दुई जनालाई खोलाले बगाएर बेपत्ता

तुलसीपुर- दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । शुक्रबार साँझ ७:३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।