३१ भाद्र २०८१, सोमबार 1726537957
Banner

मिस नेपाल २०२४ को उपाधि आश्मा केसीले जितिन

काठमाडौं । आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्। 

शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।

उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्।

यस्तै सुमना केसी मिस अर्थ भएकी छन् भने मिस नेपाल इन्टरनेसनको ताज करूणा रावललाई प्रदान गरिएको छ।

453970898_909197484574761_8240046693118558334_n-1722693999.jpg
453848581_909197374574772_1048384918835964192_n-1722693997.jpg
453849425_909197414574768_3772736376464352841_n-1722693997.jpg
453595917_909197384574771_4796617925160398889_n-1722693996.jpg
453633202_909197321241444_6235723674734784105_n-1722693996.jpg