३ आश्विन २०८१, बिहिबार 1726732199
Banner

देशभर २५ जनामा हैजा पुष्टि

काठमाडौं । मुलुकभर हैजा संक्रमितको संख्या २५ पुगेको छ । पछिल्लो २४ घण्टामा दुईजनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा संक्रमण देखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अतिसंक्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।