१९ असार २०८३, शुक्रबार 1783088879
Banner

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री ओली सहभागि

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरको जावलाखेलमा राखिएको रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा सहभागी हुनुभएको छ। प्रधानमन्त्री जावलाखेलस्थित मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा सहभागी हुनुभएको हो।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। आइतबार ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाइएको हो। सो क्रममा प्रधानमन्त्री ओलीले जीवित देवीको रूपमा रहेकी कुमारीको पनि दर्शन गर्नुभएको छ।  

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका उच्च पदस्थ व्यक्तिहरुले भोटोजात्रा अवलोकन गर्न जावलाखेल पुग्नुभएको थियो।

 उहाँहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गर्नुभयो।

भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ ।