५ आश्विन २०८१, शनिबार 1726939576
Banner

खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । वर्षा र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

मङ्गलवार बिहान खराब मौसमकै कारण केही जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको हो ।

विमानस्थलका अनुसार पानी परेको कारण केही जहाज अवतरणमा समस्या भएको छ ।

अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेकाले अवतरण हुन समस्या आएको हो।