४ भदौ २०८३, बिहिबार 1787236595
Banner

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा (फोटो फिचर)

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

विदेश सचिव मिश्रीलाई विमानस्थलमा नेपाली समकक्षी सेवा लम्सालले स्वागत गरिन्। उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। मिश्रीले भोलि ११ बजे परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ। तस्विर भारतीय राजदूतावास