काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन् ।
दुई दिने नेपाल भ्रमणको क्रममा आईतबार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गरेका हुन् ।
सो भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो ।