१६ असार २०८३, मंगलबार 1782854004
Banner

ज्येष्ठ ‘कम्युनिष्ट योद्धा सम्मान’ तस्विरहरु

काठमाडौँ / नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७३औँ स्थापना दिवसका अवसरमा पञ्चायतकालमा भूमिगत अवस्थामा आन्दोलनलाई योगदान दिने ज्येष्ठ कम्युनिष्टलाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मान गरेको छ ।

एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित स्थापना दिवसको कार्यक्रममा झापा आन्दोलनका अगुवा अमर कार्की, भीमबहादुर खतिवडा, धनुषाकी कुमारी महरा, ललितपुरका चतुर ब्यञ्जनकार, काठमाडौँका विष्णु डङ्गोल, बाग्लुङका वसन्त गौचन, काठमाडौँका नानीमैयाँ नकर्मी, गायक रामकृष्ण दुवाल, हरि शर्मा, कास्कीका टेकनाथ बराल, कञ्चनपुरका लक्ष्मी जोशीलगायत हुनुहुन्छ । उहाँहरुलाई एमालेका अन्य शीर्ष नेताको उपस्थितिमा अध्यक्ष केपी शर्मा ओलीले सम्मान गर्नुभएको हो ।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कठोर यातना र जेलनेलपूर्ण जीवन पार गरेर लोकतन्त्रका लागि योगदान दिएर यसबीचमा कुनै पनि लाभको पद नलिएकालाई योगदानको स्मरण गर्र्दै सम्मान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकालाई स्वागत गरिएको थियो ।

एमालेले आजै मुलुकका अधिकांश पालिकामा आफ्नातर्फबाट स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । एमालेको थापाथलस्थित केन्द्रीय कार्यालय आजदेखि ललितपुरको च्यासलको तुल्सीलाल स्मृति भवनमा स्थानान्तरण गरिएको छ ।