२७ भदौ २०८३, शनिबार 1789253787
Banner

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि(शनिबार) बस्ने भएको छ। आज(शुक्रबार) बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकका लम्बिएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको हो।

बैठक भोलि विहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । सत्तारुढ गठबन्धनमा कांग्रेसलाई ३ वटा महानगर र ७ वटा उपमहानगरको प्रमुख भाग परेको छ।

निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ।