२२ कार्तिक २०८३, आइतबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 5:01 am
Banner

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

सूचना प्रेस २०८१ भदौ ९ आइतबार ००:००, १२:०६ बजे १ मिनेट पढाइ

काठमाडौँ, ९ भदौ : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५० निर्धारण भएको छ ।