४ आश्विन २०८१, शुक्रबार 1726885470
Banner

भारतको विहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३६ जना घाइते

काठमाडौँ । भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको रिपोर्टमा उल्लेख छ ।