४ आश्विन २०८१, शुक्रबार 1726811524
Banner

काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका १०, शंखमुलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।