३ आश्विन २०८१, बिहिबार 1726782958
विश्व

अफगानिस्तानको कुन्दुज सहरमा विस्फोट, कम्तीमा ३६ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको कुन्दुज सहरमा एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य धेरै मानिस घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन्।

बीबीसीका अनुसार विस्फोट हुँदा मस्जिदमा सुफी धर्मावलम्बी भेला भएका थिए। विष्फोट कसले गराएको भन्ने अझै खुल्न सकेको छैन। तर, यसमा इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको हात हुनसक्ने अनुमान गरिएको छ।