१ आश्विन २०८३, बिहिबार 1789657675
अर्थ

नेपाली होटल व्यवसायी संघको अध्यक्षमा गणेश ढकाल पुनः निर्वाचित

काठमाडौँ । नेपाली होटल व्यवसायी संघको अध्यक्षमा गणेश ढकाल पुन निर्वाचित भएका छन्।

संघको शुक्रबार सम्पन्न २२ औँ वार्षिक साधारणसभा एवं १३ औँ अधिवेशनबाट ढकालको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

संघको वरिष्ठ उपाध्यक्षमा काजीबहादुर कटुवाल,प्रथम उपाध्यक्षमा कमल अधिकारी, दितिय उपाध्यक्षमा दुर्गा थापा, महासचिवमा समदेन लामा, उपमहासचिवमा अम्मर विकास रिजाल,सचिवमा युवराज पराजुली, कोषाध्यक्षमा इन्द्र प्रसाद ढकाल, सह–कोषाध्यक्षमा भुपराज दाहाल, सदस्यमा अमृता घिसिङ,प्रकाश शर्मा, बिमल चौहान,नोखिराम खत्री,दिनेश कुमार कार्की,बिष्णु माया दाहाल, शेरबहादुर बिष्ट, संगिता श्रेष्ठ,रामचन्द्र महत, सुशील पौडेल, यमबहादुर राना, देवराज घिमिरे, महिला सदस्यमा टोमादेवी सुवेदी निर्वाचित भएका छन्।

२५ जना कार्यसमिति सदस्य रहने संघमा ३ जना सदस्य मनोनित गर्न बाँकी रहेको नबनिर्बाचित अध्यक्ष ढकालले बताए ।
होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको नेपाली होटल व्यवसायी संघमा चार सय व्यवसायी आवद्ध छन्।